१० लाख मुल्य बराबरका अवैध सामानसहित महेन्द्रनगरका भुवन पक्राउ

  शुक्रबार १९, असोज २०८० ०६:२३

कञ्चनपुर । कञ्चनपुरका एक व्यवसायी भन्सारछलीका सामानसहित पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–६ का भुवन भाट भन्सारछलीका सामानसहित बिहीवार पक्राउ परेका हुन्। भाटको घरबाट  भन्सारछलीका करीब १० लाख मुल्य बराबरका सामान प्रहरीले बरामद गरेको छ।
 
उनको घरबाट भन्सारछलीका एक बोरा मिस्री, चिनी, दाल चामल चाउचाउ लगाएतका विभिन्न किरानाका खाद्यय सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए। भाटले निजी घरमा अवैध रुपमा सामान लुकाएर राखेका थिए।

गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भन्सारछली गरेका सामानहरु क्यारिङ गर्ने ब्यक्तिहरुलाई पछ्याउँदै जादा भाटको घर फेला पारेका हुन्। बरामद गरेका सामानसहित भाटलाई कारबाहीको लागि भोलि भन्सार कार्यालय गड्डाचौकी बुझाउने तयारी भएको सुचना अधिकारी प्रहरी निरीक्षक पन्तले बताए।

clock शुक्रबार १९, असोज २०८० ०६:२३

प्रतिक्रिया