चाडपर्वलाई लक्षित गरी अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

  बिहिबार १८, असोज २०८० ०६:२५

धनगढी । कैलालीको अत्तरियास्थित बसपार्कमा बुधवार प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ। 

इलाका प्रहरी कार्यालय मालाखेतीले दशैँ तिहारमा आफ्नो घरतिर फर्किने यात्रुलाई मध्यनजर गरेर अस्थायी समयकालागि यात्रु सहायता कक्ष राखेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बिजया दशमी, दिपावली र छठ पर्वलाई मध्यनजर गरी यात्रु सहायता कक्ष राखिएको बताए। 

यात्रु सहायता कक्षले नागरिकहरु तथा सवारी साधनहरुको आवगमनमा सहज र सुरक्षित हुने विश्वास लिइएको डिएसपी बरालले बताए।

clock बिहिबार १८, असोज २०८० ०६:२५

प्रतिक्रिया