बझाङमा भिरबाट लडेर रामचन्द्रको मृत्यु

  बुधबार १७, असोज २०८० २०:३७

बझाङ । बझाङमा  भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको जयपृथ्बी नगरपालिका–३ पडेंसका ५५ वर्षीय रामचन्द्र बहादुर रोकायाको भिरबाट लडेर बुधवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

रोकाया आफ्नो घरबाट सदरमुकाम चैनपुर बजार जाने क्रममा सोही ठाँउ स्थित पाल्ते भिरबाट  लडेर उनको घटनास्थलमै मृत्यु भएको हो।

clock बुधबार १७, असोज २०८० २०:३७

प्रतिक्रिया