दार्चुलामा ४ किलो बढी चरेससहित विर्ख र सहदेब पक्राउ

  बुधबार १७, असोज २०८० ११:३९

दार्चुला । दार्चुलामा चार किलो चरेससहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको मार्मा गाउँपालिका–१ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेब ठगुन्ना चरेससहित पक्राउ परेका हुन्।

मंगलवार राति साढे १ बजेतिर शैल्यशिखर नगरपालिका–३ कर्कलेमा उनीहरुलाई चेकजाँच गर्दा ४ किलो १०० ग्राम चरेस र जोख्ने तराजु फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

उनीहरु गोकुलेश्वरतर्फ आइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको हो उनले बताए। 

clock बुधबार १७, असोज २०८० ११:३९

प्रतिक्रिया