डोटीको शिखर नगरपालिकामा एनटी फाइबर इन्टरनेट सेवा सुरु

  बुधबार १७, असोज २०८० ०९:०६

डोटी । डोटीको शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुरु भएको छ। नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुरु गरेको हो ।

मेयर दीर्घ बलायरका अनुसार कोरालखोलादेखि नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटी फाइबर विस्तार गरिएको छ।

शिखर नगरपालिकामा विस्तार गरिएको एनटी फाइवरबाट हाललाई ४ सय वटा लाइन दिन सकिने नेपाल टेलिकम दिपायलका प्राविधिक सुदिप चौधरीले बताए।

ग्राहकको माग बढ्दै गए नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरेर थप गर्न सकिने उनले बताए। चौधरीका अनुसार अहिले इन्टरनेटमा १० एमबिपिएसदेखि उच्चतम गति १०० एमबिपिएस सम्म चलाउन मिल्छ।

वार्षिक न्यूनतम शुल्क ८ हजार देखि ४२ हजार सम्म रहेको उनले बताए। एनटी फाइबरबाट इन्टरनेट, टेलिफोन एवं टिभि समेत चलाउन मिल्ने चौधरीले बताए। 

clock बुधबार १७, असोज २०८० ०९:०६

प्रतिक्रिया