सुदूरपश्चिममा भूकम्पको धक्का महसूस
धनगढी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसूस गरिएको छ ।
मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको हो ।
भूकम्पको धक्का महसूस हुँदा सर्वसाधारण घरबाहिर निस्किएका थिए ।
बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया