धनगढी उपमहानगरले १९ वडामा आफै ग्राभेल गर्दै

  मङ्गलबार १६, असोज २०८० ११:५५

धनगढी । धनगढी उपमहानगरले वडाको सिफारिसका आधारमा सडक ग्राभेल गर्ने भएको छ । उपभोक्ता समिति र कोटेशनमार्फत नभइ वडाका सिफारिसमा उपमहानगरले सडक ग्राभेल गर्न लागेको हो ।

उप-महानगरपालिकाले चालु आर्थिक वर्षमा सडक ग्राभेल  गर्ने काम उपभोक्ता समिति  र कोटेशन मार्फत नगरी सात वटा ब्याको लोडर प्रयोग ग्राभेल गर्न लागेको जनाएको छ ।

उप-महानगरपालिकाले पुरानो ३ वटा टिप्पर नयाँ ६ वटा टिप्पर गरि जम्मा  ९ वटा टिप्पर तथा पुरानो दुई र नयाँ तिन गरि पाँच वटा ब्याको लोडर ग्राभेल गर्न प्रयोग भईरहेको जनाएको छ ।

उपमहानगरले थप २ वटा टिप्पर र दुइ वटा ब्याकोलोडर खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको जनाएको छ ।

उप-महानगरपालिकाले सवारी चालकको तलब व्यवस्थापन गर्ने र वडाबाट रोयल्टी, तेल  र सवारी चालकको खाना व्यवस्थापन गरि धनगढीका सम्पूर्ण कच्ची सडक ग्राभेल  गर्ने नीति लिएको छ ।

 सोमबारदेखि  १९  वडाका सडकमा ग्राभेल गर्ने कामको  सुरु गरेको  र सबै ग्राभेल गर्ने कार्यक्रम रहेकोले गाउँ , टोलमा ग्राभेल गनु  पर्ने सडकहरु भएमा वडा कार्यालयमा  सम्पर्क गर्न अनुरोध गरिएको छ ।

clock मङ्गलबार १६, असोज २०८० ११:५५

प्रतिक्रिया