डोटी कैलाली विद्यार्थी सम्पर्क समितिको अध्यक्षमा मल्ल निर्वाचित
धनगढी । डोटी कैलाली विद्यार्थी सम्पर्क समितिको अध्यक्षमा तेजजंग मल्ल निर्वाचित भएका छन् । कैलाली बहुमुखी क्याम्पस भएको भेलाले मल्लको अध्यक्षतामा २३ सदसिय कार्यसमिति सर्बसहमत निर्वाचित भएका हुन ।
समितिको उपाध्यक्षमा डवल नेगी र मेखराज भण्डारी, सचिवमा दीपक रोस्यारा, दीपक विक सह सचिवमा बम बहादुर कुवर र लोक राज ओझा र कोषाध्यक्षमा चद्रा ताडी निर्वाचित भएका छन् । यस्तै कार्यक्रम संयोजकमा हेमन्त बोगटी चयन भएका छन् ।
यस्तै सदस्यमा शोभा बोहरा, स्नेहा पन्त, फलेन्द्र भुल, टेक बोगटी, रोहित रावत, नरेश बोगटी, रमेश बम, नरेन्द्र बिक, दीपक भुल, धना चन्द, दीपिका सावद, कलेन्द्र भुसाल, मीलन बोहरा र रमेश बम चयन भएका छन् ।
प्रतिक्रिया