गौरीगंगा नगरपालिका स्वास्थ्य शाखा कार्य सम्पादनमा उत्कृष्ट

  सोमबार १५, असोज २०८० १९:२७

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको स्वास्थ्य शाखा कार्य सम्पादनमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९र८० को कार्य सम्पादनमा १३ पालिकामध्ये गौरीगंगाको स्वास्थ्य शाखा उत्कृष्ट बनेको हो ।

स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा भएको वार्षिक समीक्षा कार्यक्रममा गौरीगंगालाइ प्रशंसा पत्र दिएर उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको छ ।

पालिकामा रहेको स्वास्थ्य शाखाहरूमा दोस्रो जानकी तथा कैलाली गाउँपालिका र गोदावरी नगरपालिका भएको छ भने तेस्रो धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका बनेको छ ।

उनीहरूलाई जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खगराज भुसालले प्रशंसा पत्र वितरण गरेर सम्मानित गरेका हुन् ।

यस्तै स्वास्थ्य कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा कार्यालय सहयोगी रामबहादुर थापा, अहेव गणेश साउद, कम्प्युटर अपरेटर ईश्वरी भट्ट र क्षयरोग निरीक्षक देवीदत्त जोशी रहेका छन् ।

साथै पालिकाका स्वास्थ्य शाखा प्रमुख, पालिकाले सिफारिस गरेका उत्कृष्ट कर्मचारी, विकास साझेदारी संघ संस्था लगायतलाई सम्मानित गरिएको छ ।

समीक्षा कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नरेन्द्र कार्की, स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदीश जोशी लगायतको सहभागिता रहेको थियो ।

clock सोमबार १५, असोज २०८० १९:२७

प्रतिक्रिया