बैतडीको झुलाघाट स्थित बोहरा होटेलमा धामीको शव फेला

  सोमबार १५, असोज २०८० ०९:१७

बैतडी । बैतडीको एक होटलमा पुरुषको शव फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो।

गए राति साढे २ बजेको समयमा झुलाघाट स्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

clock सोमबार १५, असोज २०८० ०९:१७

प्रतिक्रिया