धनगढीमा लागुऔषधसहित विकाश र दिपक पक्राउ

  आइतबार १४, असोज २०८० ०८:३६

धनगढी । धनगढीमा  लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।

धनगढी उपमहानगरपालिका–३ शान्तिटोलबाट  २३ वर्षीय विकाश चौधरी र चुरे गाउँपालिका–५ का २४ वर्षीय दिपक अर्खालीमगर शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट २०० मिलिग्राम लागूऔषध बरामद गरिएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock आइतबार १४, असोज २०८० ०८:३६

प्रतिक्रिया