धनगढीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा अनिल गम्भिर घाइते

  शनिबार १३, असोज २०८० १५:०१

धनगढी । धनगढीमा टिप्पर र मोटरसाइकलको एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । प्रदेश प्रमुख कार्यालय अगाडी घरेलु चोकमा एक आपसमा ठोक्किँदा धनगढी १३ का १८ वर्षीय अनिल कुवर गम्भिर घाइते भएका हुन ।

कुवरले प्रहयोग गरेको  से ३ प ८४८ नम्बरको मोटर साइकल र से १ ख १८२० नम्बरको टिप्पर प्रदेश प्रमुखको कार्यालय अगाडी एक आपसमा ठोक्किँएका हुन । 

घाइते कुँवरको नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टिप्पर चालक  प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

clock शनिबार १३, असोज २०८० १५:०१

प्रतिक्रिया