टीकापुर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

  शनिबार १३, असोज २०८० १४:२१

टीकापुर । विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको विरुद्ध टीकापुर क्षेत्रका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन्। 

‘चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको हिंसा बन्द गर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्न देऊ’ भन्ने नाराका साथ उनीहरुले प्रदर्शन गरेका हुन्। 

टीकापुर अस्पताल, साथी अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले टीकापुर बजारमा ब्यानरसहित प्रदर्शन गरेका हुन्। 

ब्यानर, प्लेकार्ड सहित बजार परिक्रमा गरेपछि कोणसभालाई सम्बोधन गर्दै टीकापुर अस्पतालका डाक्टर डबल बुढाले विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मी र चिकित्सकमाथि भइरहेका घटनाको विरोधमा आन्दोलनमा उत्रिएको बताए।

टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले पाँच दिनदेखि आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिरहेका छन्। शुक्रबारदेखि टीकापुर अस्पतालको इमरजेन्सी सेवाबाहेकका सबै काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन्।

clock शनिबार १३, असोज २०८० १४:२१

प्रतिक्रिया