दार्चुलामा भेटियो मानव कंकाल, कसको हो ?

  शनिबार १३, असोज २०८० ११:११

दार्चुला । दार्चुलामा एउटा मानव कंकाल भेटिएको छ। हिजो(शुक्रबार) दुहुँ गाउँपालिका-४ गर्खा बिन्नाजोशी ओडार नजिक जंगलमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उक्त कंकाल सोही ठाउँको पोक्से दोरजेर बस्ने ७५ वर्षीय धनसिंह लोथ्यालको भएको खुलेको छ। उक्त कंकाल स्थानीयले घर भन्दा करिब ३ किलोमिटर पर सडेगलेको अवस्थामा फेला पारेका थिए।

स्थानीयहरुले कंकाल देखिपछि प्रहरीलाई खबर गरेका थिए। कंकाल लोथ्यालकै भएको प्रहरीले बताएको छ । उनी घरबाट गत जेठदेखि सम्पर्क विहिन थिए। उनको विगत लामो समयदेखि मानसिक सन्तुलन बिग्रेको थियो।

गत जेठमा परिवारलाई खबरै नगरी घरबाट हिँडेका लोथ्याल लामो समय सम्पर्कमा थिएनन्। घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

clock शनिबार १३, असोज २०८० ११:११

प्रतिक्रिया