फेसबुकमा ‘म पनि आउँछु’ लेखेको केही घण्टामै मृत भेटिइन् कञ्चनपुरकी हेमा

  शनिबार १३, असोज २०८० ०८:११

कञ्चनपुर । कञ्चनपुरस्थित महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने एक किशोरी मृत फेला परेकी छिन्।

दोधारा चाँदनी नगरपालिका- ८ धामी टोलकी हेमा खड्का आफू बस्ने कोठामा मृत फेला परेकी हुन्।

उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्।

घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।

clock शनिबार १३, असोज २०८० ०८:११

प्रतिक्रिया