कैलालीको धनगढीबाट एकै दिन हराए दुई बालक

  शनिबार १३, असोज २०८० ०६:५३

धनगढी । कैलालीमा एकै दिन दुई बालक बेपत्ता भएका छन्। जिल्लाको धनगढी उप–महानगरपालीका–५ बस्ने १४ वर्षीय प्रशान्त जोशी र सोहि ठाउँका १३ वर्षीय बिप्लप बम बेपत्ता भएका छन्।

ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत दुबै जना आज बेपत्ता भएका हुन। उनीहरुका आफन्तहरुले खोजतलासकोलागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निबेदन दिएको प्रहरीले जनाएको छ। 

उनीहरुलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन अनुरोध गरिएको छ।

clock शनिबार १३, असोज २०८० ०६:५३

प्रतिक्रिया