बाल सुधार गृहबाट दुई जना बालकैदी फरार

  शुक्रबार १२, असोज २०८० १४:२३

वीरगञ्ज । वीरगन्ज बाल सुधार गृहबाट दुई जना बालकैदी फरार भएका छन् । शुक्रबार बिहान २ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्तास्थित बाल सुधार गृहको छतबाट हामफालेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दाका २ जना बालकैदी फरार भएको पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार ब्रिकम थापाले जानकारी दिए । उनीहरुको खोजी कार्य भइरहेको डिएसपी थापाले बताए ।

फरार रहेका बाहेक हाल उक्त बाल सुधार गृहमा १ सय २४ जना बालकैदीहरु रहेका छन् । गत भाद्र २६ गते भक्तपुर बाल सुधार गृहबाट ल्याइएका र त्यहाँका बालकैदीहरु बिच झडप भएको थियो । झडपको क्रममा २ जना प्रहरीसहित १३ जना घाइते भएका थिए ।

clock शुक्रबार १२, असोज २०८० १४:२३

प्रतिक्रिया