कञ्चनपुरमा काठ तस्करी गर्ने गोरे रोकाया २७ वर्षपछि पक्राउ

  शुक्रबार १२, असोज २०८० ०९:१९

कञ्चनपुर । कञ्चनपुरमा एक फरार अभियुक्त २७ वर्षपछि पक्राउ परेका छन्। काठ तस्करी मुद्दामा फरार भएका कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाका गोरे रोकाया पक्राउ परेका हुन्। 

रोकायालाई अदालतबाट ०५३ सालतिर काठ चोरी निकासी मुद्दामा कैद र जरिवाना तोकिएको थियो। रोकायालाई बुधबार इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङ नेतृत्वको टोलीले घरबाटै पक्राउ गरेको थियो। 

रोयाकाले ०५१ सालमा वनबाट काठ तस्करी गरेका थिए। उतिवेला उनको उमेर ३४ वर्षको थियो। मुद्दा फैसला हुँदा ३६ वर्षका डाँगी अहिले पक्राउ पर्दा ६३ वर्ष पुगेका छन्। 

२६ असार ०५३ सालमा जिल्ला अदालत कञ्चनपुरले रोकायालाई काठ चोरी निकासी मुद्दामा एक वर्ष कैद र १७ हजार, तीन सय ८० रुपैयाँ जरिवाना तोकेको थियो। रोकायाले जरिवाना र कैद भुक्तान नगरेपछि पक्राउ गरेर अदालत पेस गरिएको छ।

clock शुक्रबार १२, असोज २०८० ०९:१९

प्रतिक्रिया