शुक्रबारको मौसम : कोशी र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा

  शुक्रबार १२, असोज २०८० ०७:२७

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू(भागको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र मधेस प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानमा र बाँकी भू-भागको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

clock शुक्रबार १२, असोज २०८० ०७:२७

प्रतिक्रिया