बैतडीमा स्कारपियो र रिक्सा ठोक्किए

  शुक्रबार १२, असोज २०८० ०७:०८

बैतडी । बैतडीमा स्कारपियो र रिक्सा एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन्।

बिहिवार साँझ जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा पार्किङ गरेर राखेको सु.प.प्र०२००१ च १०१५ स्कारपियोलाई देहीमाण्डौंबाट बैतडी सदरमुकामतर्फ गइरहेको से १ ज ७५३ नम्बरको अल्टोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अल्टोले स्कारिपयोलाई ठक्कर दिँदा दुवै गाडीमा क्षति पुगेको छ। अल्टो चालक दिनेश मौनी समान्य घाइते भएका र उनी उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

clock शुक्रबार १२, असोज २०८० ०७:०८

प्रतिक्रिया