दिसा मिसिएको पानी खान्छन् डोटीको सिलगढीवासी

  बिहिबार ११, असोज २०८० ११:२४

डोटी । जिल्ला सदरमुकाम सिलगढीका उपभोक्ताले प्रयोग गर्ने पानीमा खानेपानीको मुहानदेखी उपभोक्ताको गाग्रीसम्मै दिसा मिसिएको कीटाणु भेटिएको छ।

स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा सिलगढीमा आउने पानीको मुहानदेखी उपभोक्ताको घरको गाग्रीसम्मका ७ वटा नमुना संकलन गरि परीक्षण गर्दा सबैमा दिसाको टिकाणु भेटिएको हो।

सिलगढीमा आउने पानीमा अत्यधिक धमिलो हुनुका साथै दिसाको कीटाणु भेटिएको ल्याब असिस्टेन्ट निर्मल ओझाले बताए।

उनका अनुसार सिलगढीमा आउने पानीको मुहान मछेन्तोलामा कोलिफम ३, खानेपानी ट्याङ्की सिलगढी ३, धारामा २ र गाग्रीमा १ कोलिफम देखिएको पानीमा धमिलोपन मछेन्तोलामा ३५, ट्याङ्कीमा २०, धारामा १५ र गाग्रीमा १३ देखिएको छ।

जनावर वा मान्छे कसको दिसा हो भन्ने पहिचान हुन नसकेको तर दिसाको कीटाणु देखिएको उनको भनाइ छ। ‘दिसा के को हो रु हामी छुट्टाउन सक्दैनौं। तर, पानीमा दिसाका कीटाणु छ, उनले भने।

सिलगढीमा आउने पानीमा कोलिफम देखिएको खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले बताए।

clock बिहिबार ११, असोज २०८० ११:२४

प्रतिक्रिया