शेखर पक्षधरले आज पार्टी कार्यालयमा धर्ना दिने

१२ असोज २०७९, बुधवार

काठमाडौँ, १२ असोज ।  नेपाली कांग्रेस संस्थापनइतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछन् । उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै दिउँसो १ बजे धर्ना दिन लागेका हुन् ।

शेखर कोइराला समूहले समानुपातिकको बन्द सूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ । संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ ।

केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला समूहको सोमबारको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गर्दै दबाब स्वरूप  एक घण्टा पार्टी कार्यालयमा धर्ना दिन लागेको हो ।

साथै भेलाले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्द सूचीमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै सच्याउन पनि माग गरेको छ ।  

Share This:
No News Were Available