बैतडीमा सशस्त्र प्रहरी हवल्दारलाई ठक्कर दिएर भागेका बस र चालक नियन्त्रणमा

  बुधबार १०, असोज २०८० १३:१०

बैतडी । बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिएर फरार भएको बस बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

गएराति १ बजे दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ हरिचन मोडमा बसले ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको थियो।  

बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए। 

धनगढीबाट दार्चुलातर्फ गइरहेको गाडीले महरालाई ठक्कर दिएको थियो। बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका १ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

clock बुधबार १०, असोज २०८० १३:१०

प्रतिक्रिया