ढुंगा बालुवा चोरी गर्दै गरेका पाँचवटा ट्याक्टर खुटिया खोलाबाट प्रहरी नियन्त्रणमा

  मङ्गलबार ०९, असोज २०८० १५:१४

धनगढी । कैलालीको गोदावरी नगरपालिका–९ बाट प्रहरीले पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। आज विहान गोदावरी नगरपालिका–९ सेहरी र मुरकट्टीस्थित खुटिया खोलाबाट प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो। 

इलाका प्रहरी कार्यालय मालाखेतीले खुटिया खोलाबाट अबैध रुपमा भइरहेको नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका ट्याक्टरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले अवैध ढुंगा बालुवा चोरी गरिरहेको अवस्थामा भे १ त ६०२२, सुदूरपश्चिम प्रदेश ०१००२ त ५३१८, से १ त ७४९६, सुदूरपश्चिम प्रदेश ०१००२ त ५७६७ नम्बरका ट्याक्टर इन्जिनि र ट्राली सहित लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली समेत नियन्त्रणमा लिएको हो।

clock मङ्गलबार ०९, असोज २०८० १५:१४

प्रतिक्रिया