कैलालीको भजनीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

  मङ्गलबार ०९, असोज २०८० ०८:१४

धनगढी । कैलालीमा माछा मार्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। 

भजनी नगरपालिका–१ मधुवन शिविरका ४० वर्षीय श्रीकृष्ण चौधरीको नालामा डुबेर मृत्यु भएको हो।

सोही ठाउँको बरदान चटिया नालामा माछा मार्दा सोमबार साँझ डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीले अनुसन्धान गरिरहेको बताइएको छ।

clock मङ्गलबार ०९, असोज २०८० ०८:१४

प्रतिक्रिया