मदिरा व्यवसायी संघ कैलालीको अध्यक्षमा प्रेम धामी सर्वसम्मत चयन

  मङ्गलबार ०९, असोज २०८० ०७:५५

धनगढी । मदिरा व्यवसायी संघ कैलालीको दोस्रो अधिवेशन एवं चौथो साधारण सभा सम्पन्न भएको छ । सोमबार मदिरा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष सोनाम सेर्पाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

उक्त भेला बाट मदिरा व्यवसायी संघ कैलालीको अध्यक्षमा न्यु पि डि ट्रेडर्सका सञ्चालक प्रेम बहादुर धामी र महासचिवमा ओके लिकर्स धनगढी चौराहाका सञ्चालक कमल बम सर्वसम्मत रूपमा चयन भएका छन् ।

यस्तै, अन्य सर्वसम्मत रूपमै चयन हुनेहरूमा उपाध्यक्षहरू क्रमशः सागर समसेर राणा, महेन्द्र बहादुर सिंह, सनेस हमाल चयन भएका छन् । भने सचिवमा भरत बोहरा, कोषाध्यक्ष काली प्रसाद जोशी, सह(कोषाध्यक्ष राकेश चौधरी लाई चयन गरिएको छ । 

त्यस्तै, सदस्यहरूमा क्रमशः पूर्ण बोहोरा, दीपक धामी, अम्मर बहादुर कुँवर, राजेन्द्र महतो, विनोद बलायर, मदन राज उपाध्याय र सुरेन्द्र जोशी गरी जम्मा १५ सदस्यीय समिति गठन गरिएको छ । 

clock मङ्गलबार ०९, असोज २०८० ०७:५५

प्रतिक्रिया