कैलालीमा भन्सारछलीका सामानसहित पसलबाटै छत्रबहादुर पक्राउ

  सोमबार ०८, असोज २०८० २१:४४

धनगढी । कैलालीमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरका ५० वर्षीय छत्रबहादुर महरालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

महराले संचालन गरेको नेहा ट्रेडर्स एण्ड सप्लायर्समा भारतबाट भन्सार छलीका अन्दाजी ३४ हजार ५ सय २० रुपैँया बराबरका किरानाका सामान प्रहरीले फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले सामानसहित महरालाई नियन्त्रणमा लिई कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको जनाएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अवैध रुपमा भन्सार छलीका अन्दाजी १५ हजार ४सय २० रुपैँया बराबरको पेठा, पानीपुरी,पास्ता लगायतका सामान सोमबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

clock सोमबार ०८, असोज २०८० २१:४४

प्रतिक्रिया