बझाङमा २८ वर्षीया महिलालाई जबर्जस्ती गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

  सोमबार ०८, असोज २०८० ०९:२५

बझाङ । बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।  छबिसपाथिभेरा गाउँपालिका बस्ने एक महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका सोही ठाउँका एक नाबालकलाई पक्राउ गरिएको हो। 

जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले साँझ ६:३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ।

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

clock सोमबार ०८, असोज २०८० ०९:२५

प्रतिक्रिया