धनगढीका ९ सडकको मर्मत गर्ने तयारी, कुनकुन हुँदैछन मर्मत ?

  सोमबार ०८, असोज २०८० ०९:०८

धनगढी । कैलालीको धनगढी उपमहानगरभित्रका विभिन्न नौवटा सडकहरूको मर्मत गरिने भएको छ। सडक बोर्ड नेपालसँगको सहकार्यमा धनगढीका सडक मर्मत गरिने भएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को लब्लीचौक मटियारी सडक, वडा नम्बर १ को हाम्रो डेरीदेखि शिवनगर चौक–जाली वासुदेवी सडकको आवधिक मर्मत हुने भएको हो।

त्यस्तैं, धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को मोरी बंगरा–भादा–घुरही सडक, वडा नम्बर ३ को केदार टोल–पल्टन पथको आवाधिक मर्मत गरिने उपमहानगरले जनाएको छ। 

यसैगरी, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को तुलसी चोकदेखि कैलाली गाउँ जाने सडक, वडा नम्बर ५ को वडा कार्यालय जाने र जाई शाखा सडकको आवाधिक मर्मत गर्ने काम हुनेछ।

धनगढी उपमहानगरपालिकाले वडा नम्बर ३ केदार टोल–चटकपुर सडक, वडा नम्बर ६ जाली–नजरिया सडक र वडा नम्बर २ को महालक्ष्मी विकास बैंकदेखि सन्तोषीटोल जाने सडकको आवधिक मर्मत हुने उपमहानगरले जनाएको छ।

यातायात सञ्चालन र आवतजावतमा समस्या भइरहेका सडकको मर्मत गर्न उपमहानगरले तयारी अघि बढाएको छ। नगरभित्र बिग्रेका एवं समस्याग्रस्त सडकहरुलाई प्राथमिकतामा राखेर उपमहानगरले मर्मत गर्ने तयारी गरेको हो।

clock सोमबार ०८, असोज २०८० ०९:०८

प्रतिक्रिया