गएराति देखिको बर्षाले धनगढीको बजार क्षेत्र जलमग्न  (तस्बिरसहित)

  सोमबार ०८, असोज २०८० ०८:३५

धनगढी । गएराति देखिको बर्षाले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीका मुख्य सडकदेखि केही बस्तीहरू जलमग्न भएका छन् ।

धनगढी बजारको मुख्यसडक डुवानमा परेको छ । उचित ढल निकास नहुदा पार्क चौकदेखि कैलाली पुल सम्मको सडक जलमग्न भएको छ ।

सडकमा पुरै पानि भरिएपछि यातायातका साधन चल्न समस्या भएका छन् । अन्य शाखा सडक र केही बस्ती पनि जलमग्न भएका छन् ।

 मुख्य बजारमा रहेको सेती प्रादेशिक अस्पतालभित्र पनि पानी पसेको छ । अस्पतालभित्र पानी पस्दा बिरामीलाई समस्या भएको छ । 

अहिले पनि वर्षा भइरहेको र डुवान परेकाले बजार क्षेत्रमा आवत जावत रोकिएको छ ।

वर्षापछि सेती प्रादेशिक अस्पतालसहितका क्षेत्र जलमग्न


 

clock सोमबार ०८, असोज २०८० ०८:३५

प्रतिक्रिया