धनगढी उपमहानगरपालिकाले पठायो १९० जना जेष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा

  आइतबार ०७, असोज २०८० १६:३९

धनगढी । धनगढी उपमहानगरपालिकाले जीवनभर घरधन्दामै सिमित रहने जेष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाएको छ । धनगढी उपमहानगरपालिकाले आज (आईतबार) नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाएको हो ।

नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला कुमारी राना लगायत जनप्रतिनिधिले टीका र खादा लगाएर जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि कार्यालय प्रांगणबाट बिदाइ गरेका हुन् । धनगढीका ज्येष्ठ नागरिकहरु एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन् ।

ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गर्नका लागि उनीहरुलाई तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताउनु भयो । ‘स्थानीय तहले ज्येष्ठ नागरिकलाई गरेको यो एकप्रकारको सम्मान हो,’ मेयर हमालले भन्नुभयो, ‘उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तरार्द्धमा स्थानीय सरकारले हे¥यो भन्ने हुन्छ ।

यसले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेपा पुग्नेछ । ’नगरप्रमुख हमालले उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेका थिए । आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनु भयो । उपमहानगरले पाँचवटा बस भाडामा लिएर वृद्धवृद्धालाई धार्मिक यात्रामा पठाएको हो ।

प्रत्येक बसमा एक÷एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । उपमहानगरले तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथसहित कागवेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराइने नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताउनु भयो । उहाँले वृद्धवृद्धहरूको सम्मानमा उपमहानगरले हरेक वर्ष मुक्तिनाथ दर्शन गराउने बताउनु भयो ।

उहाँले विगतका बर्षमा ७० बर्षका कटेका ज्येष्ठ नागरिकलाई तिर्थ यात्रा गराउने गरेको भएपनि यषबर्षबाट धार्मीक अगुवालाई समेत समेटेको बताउनु भयो । यो वर्ष पाँचवटा एसी बसमा तीर्थालुहरूलाई मुक्तिनाथ तीर्थयात्रामा पठाइएको छ । तीर्थयात्री सबैलेलाई खादा, टीका र टेक्ने लौरोसमेत प्रदान गरिएको छ । यसअघि पनि धनगढी उपमहानगरपालिकाले एक सय २२ जेष्ठ नागरिकलाई मुक्तिनाथ यात्रामा पठाएको थियो ।
 

clock आइतबार ०७, असोज २०८० १६:३९

प्रतिक्रिया