बेलौरीको उखुबारीमा हात बाँधेर फरार हुने आमा शर्मिलाको बच्चाको बुवा को ?

  आइतबार ०७, असोज २०८० १३:२२

धनगढी । निर्दयी आमा अर्थात् शर्मिला चौधरी कञ्चनपुर प्रहरीको नियन्त्रणमा छिन्। शुक्रबार बिहानै ९ महिने दुधे शिशु (छोरी) लाई उखुबारीमा बाँधेर परपुरुषसँग भाग्दै गरेकी चौधरीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

९ महिने शिशुलाई बेलौरी नगरपालिका–७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर भागेकी थिइन्, उनी। शर्मिलाको माइती घर पुनर्वास नगरपालिका–२ अमरैया हो। शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन्। 

केही समय विवाहित जीवन राम्रो चले पनि पछि अजयलाई छाडेर उनले बैलौरीकै सुन्दर चौधरीसँग भागी विवाह गरेकी थिइन्। शर्मीलाबाट एउटा जन्मिएको शिशु कसको बच्चा हो, बुवा को हुन् भन्ने पहिचान नभएपछि श्रीमान् सुन्दर चौधरीसँग विवाद भएको थियो।

शिशु कसको बच्चा होरु भन्ने एकिन नभएपछि सुन्दरसँग वाक्क दिक्क भएकी उनी बेलडाँडी–३ वैवाहका प्रेम डगौरासँग भाग्न लागेकी थिइन्।

शिशुका कारण श्रीमानसँग रातदिन झैझगडा र किचलो हुन थालेपछि सामाजिक सञ्जाल फेसबूकमार्फत चिनजान भएका वैवाहका प्रेम डगौरासँग भागेर विवाह गर्न लागेकी उनलाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने शर्मिलालाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाइएको बताए।

‘९ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा शर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ,’ उनले भने, ‘इप्रका बेलौरीमा शर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ।’

clock आइतबार ०७, असोज २०८० १३:२२

प्रतिक्रिया