धनगढी थापाघाट एक किलो चरेससहित दुई जना पक्राउ

  आइतबार ०७, असोज २०८० १२:४९

धनगढी । धनगढी उपमहानगरपालिका १८ थापाघाटमा एक किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।
 
सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलबारीबाट सहायक प्रहरी नायब निरीक्षक दासीराम चौधरीको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ जादैँ गरेको अवस्थामा उक्त चरेस बरामद गरेको हो ।

से। ५ प ८१४० नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्ने क्रममा धनगढी उपमहानगर १८ एफ गाउँ बस्ने २४ वर्षीय केदार बोहरा र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष बिष्ट पक्राउ परेका हुन् । उनीहरुको साथबाट कालो प्लास्टिकले बेरेको अवस्थामा अन्दाजी एक किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।

clock आइतबार ०७, असोज २०८० १२:४९

प्रतिक्रिया