बझाङको चैनपुरमा आगलागी हुँदा पसल सखाप, आगो निभेपछि आयो दमकल

  आइतबार ०७, असोज २०८० ०९:१५

बझाङ । बझाङ सदरमुकाम चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट भएको छ। चैनपुरस्थित प्रशासन रोडमा रहेको कैलाश फेन्सी पसलमा आज बिहान ३ बजेर विद्युत सर्ट भइ आगलागी भएको हो।

आगलागीबाट पसलभित्र रहेका करिब एक करोड बढीका सामान जलेर नष्ट भएको सञ्चालक डबल खड्काले बताए।

आगोलाई स्थानीयले नियन्त्रणमा लिएको बताइएको छ।तर, आगो लागेको २ घण्टा हुँदा पनि नगरपालिकाको दमकल नआएको व्यापारीहरुको गुनासो छ।

आगलागीबाट कुनै मानवीय क्षति भएको छैन। पसल सञ्चालक अर्को घरमा बस्ने भएकाले राति ३ बजेको समयमा स्थानीयले आगो लागेको देखेर पसल सञ्चालकलाई खबर गरेका थिए।

clock आइतबार ०७, असोज २०८० ०९:१५

प्रतिक्रिया