धनगढीमा आज हुने चौतारी साझँमा को-को कलाकार आउँदै छन्  ?

  शनिबार ०६, असोज २०८० १०:२२

धनगढी। धनगढीमा आज शनिवार चौतारी साँझ हुने भएको छ। प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा आज चौतारी साँझ हुने भएको हो ।

पत्रकार अक्षयकोष स्थापनाको लागि चौतारी साझको आयोजना गरिन लागेको प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष भानुभक्त आचार्यले बताए।

चौतारी साँझमा कलाकार समीक्षा अधिकारी, रामप्रसाद अवस्थी, लालबहादुर धामी, राजा राजेन्द्र, बद्री पंगेनी र सोनु कुश्मी आउन लागेको समेत आयोजकले बताएको छ। कार्यक्रम दिउँसो ३ बजेदेखि ओम प्यालेसमा हुने छ ।

clock शनिबार ०६, असोज २०८० १०:२२

प्रतिक्रिया