कैलालीका वीरबहादुर १६ वर्षअघि भारत गए, आजसम्म फर्केनन्

  शुक्रबार ०५, असोज २०८० १०:३८

कैलाली । रोजगारीका लागि भारत गएका कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ ओखलढुंगाका वीरबहादुर सिंह १७ वर्षदेखि घरपरिवारको सम्पर्कमा आएका छैनन्।

कमाउन परदेश गएका सिंह वर्षौंदेखि सम्पर्कमा नआएपछि परिवारजनले उनको खोजीका लागि पहल गरिदिन आग्रह गरेका छन्। 

उनी २०६३ सालमा १८ वर्षको उमेरमा रोजगारीका लागि भारतको मुम्बई गएको भाञ्जा प्रेम देउवाले बताए। 

उनले सिंहका बारेमा कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालयमा वा ९८६७४०८८७७ र ९८६४३१६८०२ नम्बरमा खबर गरिदिन आग्रह गरेका छन्।

clock शुक्रबार ०५, असोज २०८० १०:३८

प्रतिक्रिया