कञ्चनपुरको बेलौरीमा हात बाँधिएको अवस्थामा भेटिए १४ महिने बालक

  शुक्रबार ०५, असोज २०८० १०:३३

कञ्चनपुर । कञ्चनपुरमा एक बालक हात बाँधिएको अवस्थामा भेटिएका छन्। 

जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालक हात बाँधिएको अवस्थामा भेटिएका हुन्।

दुवै हात बाँधेको अवस्थामा बालक भेटिएको बेलौरी नगरपालिका–६ का स्थानीय सुरेशकुमार बडायकले बताए।

बालकको श्रीपुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनको अभिभावकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

clock शुक्रबार ०५, असोज २०८० १०:३३

प्रतिक्रिया