बाल सुधार गृहको झडपमा एकको मृत्यु, १० जना गम्भीर घाइते

  शुक्रबार ०५, असोज २०८० ०९:२५

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। जयन्दु बाल सुधार गृहमा बिहीबार राति झडप भएको हो। 

झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँके प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कपिलवस्तु रुद्रपुरका सुलभ केसी छन्। 

उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए। झडपमा घाइते १० जनाकै अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

clock शुक्रबार ०५, असोज २०८० ०९:२५

प्रतिक्रिया