बैतडीमा बारुद बनाउन प्रयोग गरिने १२ केजी कच्चा पदार्थसहित पुष्पा पक्राउ

  बिहिबार ०४, असोज २०८० २१:३०

बैतडी । बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन् । बारुद बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिला बिहिबार पक्राउ परेकी हुन् । 

बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो  देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजीसहित १२ केजी अवैध पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो । 

सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले चेकजाँच गर्नेक्रममा आलुको बोराभित्र लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा बारुद बनाउने उक्त कच्चा पदार्थ सहित पुष्पा बोहरालाई पक्राउ गरिएको प्रहरी निरिक्षक खत्रीले बताउनुभयो ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock बिहिबार ०४, असोज २०८० २१:३०

प्रतिक्रिया