धनगढी उपमहानगरपालिकाद्धारा दाहसंस्कार खर्च उपलब्ध

  बुधबार ०३, असोज २०८० २०:३७

धनगढी । धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च उपलब्ध गराउन शुरू गरेको छ । उपमहानगरपालिकाले घोषणा गरे बमोजिम बुधबारदेखि दाहसंस्कार उपलब्ध गराउन लागेको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ७ बेलीका ७६ बर्षका छङगा रानाको मृत्यु भएपछि उनका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराएको नगर प्रमुख गोपाल हमालले बताए  । 

दाह संस्कार गर्नु पूर्व परिवारका सदस्यहरूले धनगढी उप–महानगरपालिकाका नगर प्रहरीलाई जानकारी गराउनुपर्ने जनाइएको छ ।

निःशुल्क टोल फ्री न. १८१०५००००९० सम्पर्क जानकारी गराएपछि दाह संस्कार खर्च सेवा लिन दाह संस्कार पूर्व नै नगर प्रहरीलाई जानकारी गराएमा नगर प्रहरीद्वारा घरमै उपलब्ध गराईने नगर प्रमुख हमालले बताए ।

clock बुधबार ०३, असोज २०८० २०:३७

प्रतिक्रिया