लेनदेनको विषयमा विवाद हुँदा भएको खुकुरी प्रहारबाट रुपबहादुर घाइते

  बुधबार ०३, असोज २०८० १०:१८

धनगढी । कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा भएको खुकुरी प्रहारबाट एकजना घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका-२ का ४७ वर्षीय रुपबहादुर सुनामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
 
लेनदेनबारे विवाद हुँदा आज (बुधबार) बिहान वडा नम्बर ५ बस्ने ३२ वर्षीय बसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले बताएको छ।

आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घाइते सुनारलाई उपचारका लागि नेपालगंज लगिएको छ।

clock बुधबार ०३, असोज २०८० १०:१८

प्रतिक्रिया