धनगढीका २१ कर्मचारी पुरस्कृत, को–को हुन पुरुस्कृत उत्कृष्ट कर्मचारी ?

  सोमबार ०१, असोज २०८० २०:३८

धनगढी । धनगढी उपमहानगरपालिकाभित्र कार्यरत उत्कृष्ट काम गर्ने २१ जना कर्मचारी पुरुस्कृत भएका छन्। आज धनगढी उपमहानगरपालिकाको ९ औं स्थापना दिवसको अवसरमा विभिन्न फाँटमा कार्यरत २१ जना कर्मचारीलाई पुरस्कृत गरिएको हो।

उपमहानगरले पुरस्कृत हुने तीन जना कर्मचारीलाई जनही एक लाख र १९ जनालाई जनही ५० हजार नगद पुरस्कार प्रदान गरेको छ।पुरस्कृत हुने कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले पुरस्कार र सम्मानपत्र प्रदान गरेका हुन्।

सोमबार सम्पन्न ९ औं स्थापना दिवसमा डिभिजन इन्जिनियर द्विजराज भट्ट, अधिकृत छैटौं तह कृष्णप्रसाद जोशी, र सव–इन्जिनियर निर्मलकुमार देउवालाई जनही एक लाख नगद र प्रशंसापत्र प्रदान गरिएको छ। उपमहानगरपालिकामा सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो।

त्यस्तै, जनही ५० हजार पुरस्कार र प्रशंसापत्र पाउनेहरूमा शिक्षा अधिकृत जयराज जैशी, सिनियर अनमी गीता रिजाल भट्ट, इन्जिनियर उपेन्द्रप्रसाद भट्ट, जनस्वास्थ्य निरीक्षक अनिता खड्का, उर्मा स्वास्थ्य चौकीका सिनियर अहेव डिल्लीराज जोशी र वडा नम्बर ३ का सचिव कृष्णानन्द भट्ट रहेका छन्।

सर्वेक्षक कृष्णबहादुर शाही, सहायकस्तर चौथो विजयकुमार चौधरी, वडा नम्बर ७ की सामाजिक परिचालक विन्दु केसी, हेभी सवारी चालक रामप्रसाद उपाध्याय, विसनबहादुर चन्द, हलुका सवारी चालक पुष्पा भण्डारी र सन्तोष चौधरीलाई पनि पुरस्कृत गरिएको छ।

साथै कार्यालय सहयोगी भोजराज भट्ट, सरसफाइकर्मी रमादेवी वाल्मिकी, विद्युत हेल्पर हरिराम चौधरी, नगर प्रहरी भरतराज उपाध्याय र फायरम्यान गोविन्दराज जोशीलाई कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार विकास मन्त्री देउवाले नगदसहित सम्मान गरेका हुन्। त्यस्तै धनगढी उपमहानगरपालिका–१४ मा सुधार केन्द्र स्थापना गर्न प्रदेश प्रहरी र धनगढी उपमहानगरबीच सम्झौता समेत भएको छ।

clock सोमबार ०१, असोज २०८० २०:३८

प्रतिक्रिया