धनगढीका १९ वटा टोल विकास संस्था सम्मानित

  सोमबार ०१, असोज २०८० १९:४९

धनगढी । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा फोहरमैला व्यवस्थापन लगायत अन्य क्षेत्रमा उत्कृष्ट काम गरेका टोल विकास संस्थालाई सम्मान गरेको छ। उपमहानगरले वडा नम्बर १ देखि १९ सम्मकाम १९ वटा टोल विकास संस्थालाई सम्मान गरेको हो।

उपमहानगरेको ९ औं स्थापना दिवसको अवसरमा सोमबार वडा नम्बर १ को मालिका टोल विका संस्था, वडा नम्बर २ को मनकामना टोल विकास संस्था र वडा नम्बर ३ को संगम टोल विकास संस्था सम्मानित भएका हुन्। संस्थाका अध्यक्ष क्रमशः दलबहादुर विष्ट, कमल गुरुङ र प्रजापति जोशीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले सम्मान गरेका हुन्।

यस्तै, वडा नम्बर ४ को भगवती टोल विकास संस्थाका अध्यक्ष सिपी साउँद, ५ नम्बर वडाको पीपल चौतारा टोल विकास सस्थाका अध्यक्ष प्रेमबहादुर शाह, वडा नम्बर ६ को श्रीकृष्ण टोल विकास संस्थाका अध्यक्ष शंकरराज पाठकले संस्थाका तर्फबाट सम्मानपत्र ग्रहण गरेका छन्।

यसैगरी, वडा नम्बर ७ को भानुचोक टोल विकास संस्था, वडा नम्बर ८ को  विद्यानगर टोल विकास संस्था, वडा नम्बर ९ को हिरयाली टोल विकास संस्था, वडा नम्बर १० को जनकल्याण टोल विकास संस्थालाई सम्मानित गरिएको छ। टोल विकास संस्थाका अध्यक्ष क्रमशः ज्योती गुरुङ, गीता चन्द, पूर्णिमा चौधरी, कुश्मा रानाले संस्थालाई प्रदान गरेको सम्मानपत्र ग्रहण गरेका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बड्यान टोल विकास संस्था, १२ नम्बरको उद्यमशील टोल विकास संस्था, वडा नम्बर १३ को हिमाली टोल विकास संस्था, वडा नम्बर १४ को शिवालय टोल विका संस्था, वडा नम्बर १५ को  उर्मी टोल विकास संस्था, १६ नम्बर वडाको मिलन टोल विकास संस्था, वडा नम्बर १७ को  सहासीपुर टोल विकास संस्था, १८ को तुल्सीवारी टोल विकास संस्था  र वडा नम्बर १९ को फूलवारी टोल विकास संस्थालाई सम्मानित गरिएको छ।

सम्मानित हुने टोल विकास संस्थाका अध्यक्षहरू क्रमशः क्रमलाल राना, रविन्द्रबहादुर थापा, रेवन्त खड्का, पूर्णराज तिवारी, चन्की चौधरी,  मनिषादेवी चौधरी, प्रकाश चौधरी, चक्रबहादुर बस्नेत र लक्ष्मी चौधरीलाई मन्त्री धामीले सम्मानपत्र प्रदान गरेका हुन्।
 

clock सोमबार ०१, असोज २०८० १९:४९

प्रतिक्रिया