लायन्स क्लब अफ धनगढीद्वारा तीजको दर खुवाउने कार्यक्रम सम्पन्न

  बुधबार २७, भदौ २०८० १३:५१

धनगढी । लायन्स क्लब अफ धनगढीद्वारा आयोजित तीजको दर खुवाउने कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

लायन्स क्लब अफ धनगढीले कैलालीको अत्तरीया स्थित फरक क्षमता भएका बालबालिकाहरुको लागि पढाई हुने सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु संग तीजको दर खुवाउने कार्यक्रम सम्पन्न गरेका थिए । 

महङ्गो पार्टी प्यालेस र होटेलमा दर खानु भन्दा फरक तथा आफ्नो सस्कृति र संस्कार अनुसार तिजको दर खाने दिनलाई थप उमंगका साथ सम्पन्न गरिएको लायन्स क्लब अफ धनगढीकी अध्यक्ष गिता चन्दले बताईन् । 

पछिल्लो समय तिजको परम्परा र मौलिकता हराउँदै गईरहेको अवस्थामा लायन्स क्लब अफ धनगढीले परम्परा र आफ्नो सस्कृति अनुसार दर खुवाउने कार्यक्रम मनाएको जनाएको छ ।

clock बुधबार २७, भदौ २०८० १३:५१

प्रतिक्रिया