बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते

  बुधबार २७, भदौ २०८० ०९:४१

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । पाटन –पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिका–६ अड्तोलामा मंगलबार राति साढे ९ बजे जिप दुर्घटना परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

उनका अनुसार डडेल्धुराबाट मेलौली जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जिप दुर्घटना परेको हो । दुर्घटनामा परेर बैतडीको शिवनाथ गाउँपालिका १ का प्रकाश चाड र उनकी ५ वर्षीया छोरी अनुस्का चाड घाइते भएका छन् । 

प्रकाशको टाउको र अनुस्काको हातमा चोट लागेको प्रहरी निरीक्षक खत्रीले बताए । घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपमा ११ जना सवार रहेका भएपनि अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । 

जिपका चालक शिवनाथ गाउँपालिका २ का पदमराज कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनियन्त्रित भएर जिप दुर्घटनामा परेको र यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

clock बुधबार २७, भदौ २०८० ०९:४१

प्रतिक्रिया