धनगढीमा भोलि गौरा पर्वको सार्वजनिक बिदा

  बुधबार २०, भदौ २०८० २१:१५

धनगढी । धनगढी उपमहानगरपालिकामा भोलि सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको ठूलो पर्व गौराका अवसरमा धनगढी उपमहानगरपालिकाले भोली ( भदौ २१ ) गते सार्वजनिक बिदा दिएको हो।

धनगढी उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख कन्दकला कुमारी रानाले एक बिज्ञप्ति जारी गर्दै सार्वजनीक बिदा दीएकी हुन। सुदूरपश्चिमको ठुलो पर्ब गौराको भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको थियो।

गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोकपर्व हो। गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ। 

पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ।

पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन छ।

यसअघि भदौ ७ र ८ गौरा पर्व नमनाएका ठाउँमा भोलि मुख्य दिन गौराष्टमी मनाइँदैछ।

No description available.

clock बुधबार २०, भदौ २०८० २१:१५

प्रतिक्रिया