बैतडीमा ब्रेक फेल भएर जिप दुर्घटना

  शनिबार १८, चैत २०७९ १३:१३     विश्वास खबर

बैतडी। बैतडीमा ब्रेक फेल भएर जिप दुर्घटना भएको छ। बैतडीको पाटन नगरपालिका ४ तोली भन्ने स्थानमा शनिबार बिहान साढे १० बजेतिर जिप दुर्घटनामा परेको हो।

 १० जना सवार रहेको जिप ब्रेक फेल भएर जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

देहीमाण्डौंबाट धनगढीतर्फ गइरहेको सु प प्र ०१–००१ च ३१२५ नम्बर बोलेरो जिप दुर्घटनामा परेको हो। जिपमा १० जना सवार रहेका र उनीहरु सबै सकुशल रहेका प्रहरी निरीक्षक खत्रीले बताए। 

जिपको ब्रेक फेल भएर सडकको भित्तामा ठोकीन गई सडकछेउमै जिप पल्टेको प्रहरीले जनाएको छ। जिपको सिसा फुुटेको उनले बताएका छन्। सडक छेउमै जिप रोकिएका कारण ठूलो दुर्घटनाबाट भने जोगिएको छ।

clock शनिबार १८, चैत २०७९ १३:१३     विश्वास खबर

प्रतिक्रिया