नागरिक स्वतन्त्रताका पर्व गाभ्या, ओल्क्या र गौरा
नन्दकृष्ण जोशी, क्रान्तिमा सं.उपसर्ग लागेर संक्रान्ति बनेको छ । क्रान्तिले आन्दोलनको परिभाषा गरे झैं संक्रान्तिले पनि यही अर्थ बुझाउँछ । प्रत्येक महिनाको संक्रान्ति नयाँ सम्भावना र खबर बोकेर घर आँगनीमा आउने गर्दछ । नेपाली समाजमा संक्रान्तिको ठूलो महत्व रहेको छ । नयाँ वर्षको पहिलो दिन विसु संक्रान्ति, साउनको पहिलो दिन साउने संक्रान्ति र भाद्र महिनाको पहिलो दिनलाई गाभ्या, ओल्क्या संक्रान्ति भनिन्छ । यसैगरी माघ महिनाको पहिलो दिनलाई माघे संक्रान्ति भनिन्छ । प्रत्येक संक्रान्तिमा नेपाली समाजमा धार्मिकताको विशिष्ठ स्थान रही आएको छ ।
सुदूरपश्चिममा भाद्र महिनाको संक्रान्तिलाई गाभ्या संक्रान्ति भनिन्छ । यस दिनमा गाभाको परिकार बनाएर भोजन गर्ने भएकाले गाभ्या संक्रान्ति भनिएको हो । बर्खामासको अन्त्य र शरदकालीन ऋतुको आगमनको संकेत गर्ने भाद्र महिनामा नेपालीहरूका धेरै धार्मिक पर्व पर्ने हुँदा यो महिनालाई महत्वपूर्ण मानिन्छ । नागपञ्चमी जनैपूर्णिमा, गाईजात्रा, तीज पर्व तथा सोह्र श्रद्धा पर्ने हुँदा भाद्र महिनालाई महत्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ । सुदूरपश्चिमको महानपर्व गौरा पनि भाद्र महिनामै पर्ने हुँदा यस महिनाको महिमा उच्च छ ।
गाभाका परिकार बनाएर खाँदा शरीर पोषिलो हुन्छ । साउन महिनामा पानीले भिजेको शरीर गाभाको सेवनले शरीरमा लवणको मात्रा बढ्ने गर्दछ । शरीर हृष्टपुष्ट हुन्छ । महाकाली अञ्चलमा यस दिनलाई ओल्क्या संक्रान्ति पनि भनिन्छ । विविध जाति, जनजातिको बसोबास भएको क्षेत्र हो सुदूरपश्चिम प्रदेश । तरार्इंमा भूमिपुत्रपुत्री थारुहरूको बाक्लो बसोबास छ । पहाडी खण्डमा दलित, ठकुरी, क्षेत्री, बाहुन र जनजातिको बसोवास छ भने उच्च हिमाली बस्तीमा भोटे, जाड र सौकाहरूको बसोबास छ ।
विविध जाति, जनजातिको बसोवास भएको क्षेत्र हो सुदूरपश्चिम प्रदेश । तराईमा भूमिपुत्रपुत्री थारुहरूको बाक्लो बसोवास छ । पहाडी खण्डमा दलित, ठकुरी, क्षेत्री, बाहुन र जनजातिको बसोवास छ भने उच्च हिमाली बस्तीमा भोटे, जाड र सौकाहरूको बसोवास छ ।
भाद्र संक्रान्ति धेरै विषयवस्तुसँग जोडिएको संक्रान्ति हो । यस दिनमा बादी जातिले आफ्नो अधिकार प्रयोग गर्दै घरघरमा गएर अनाज माग्ने गर्दछन् । अरू बेलाको भन्दा मर्यादित भाषा र व्यवहार देखाएर गाउँका मानिसले बादी जातिलाई अनाज लगायत घरमा पाकेको खानेकुरा प्रेमपूर्वक दिनुपर्दछ । यो दिन उनीहरूको स्वतन्त्रता दिवस भएकोले गाउँघर, शहर बजारमा नाँचगान गर्दै उनीहरू आफ्नो जातको पहिचान पनि गर्दछन् । यस दिन उनीहरूले बोलेका मीठा, नमीठा शब्दहरू सबैले सुनेर बस्नु पर्दछ । चित्त नबुझेको कुरामा उनीहरूलाई हेला गरेको खण्डमा त्यसको प्रतिवाद गर्दै गालीसमेत गर्दछन् ।
त्यसैले उनीहरूसँग सद्भावको बोली बोल्नुबाहेक दोस्रो विकल्प छैन । हेला गरेर कसैले बादी जातिलाई ‘भाँण’ पनि भन्ने गर्दछन् । यसरी कुनै जातिलाई होच्याएर बोल्नु लोकतन्त्रविरोधी भाषा हो । उनीहरू संगीत र सिर्जनामा लागि पर्ने जाति पनि हुन् । नेपाली मौलिक बाजा सारङ्गी बनाउने गर्दछन् । सारङ्गीमा धुन भर्ने, कारुणिक गीतहरू गाउने त उनीहरूको परम्परागत धर्म भइहाल्यो । समाजमा देखापरेको विकृति, विसंगतिविरुद्धका गीतहरू गाएर मानिसलाई सुसूचित गराउने गर्दछन् । कुनै बेला माटाबाट निर्मित सुल्पा, चिलिम बनाउनमा सिपालु बादी जातिको यो पेशा अहिले हराएर गएको छ । गाउँगाउँमा गीत गाउँदै नाँच्दै सुल्पाहरू बिक्री गर्दै बादीहरू जीविकोपार्जन गर्ने गर्दथे तीसको दशकतिर ।
आर्थिक अवस्था कमजोर हुँदा उनीहरू आआफ्नो छोराछोरीलाई स्कुलमा पढाउनबाट समेत वञ्चित थिए । आफ्नो नाममा जग्गाजमिन नहुँदा अरूको आश्रयमा बसेर जीवन गुजारा गर्थे त्यसबेला । अल्पसंख्यक उनीहरू आर्थिक अवस्था कमजोरका कारण बाध्य भएर कुनै बेला देहव्यापार पनि गर्ने गर्दथे । समाजका ठूलाबडाले शारीरिक शोषण गरेकोले सन्तानहरूको रेखदेख गर्नु उनीहरूको कर्तव्य हो तर नेपाली समाजमा कलंकका रूपमा रहेको बेश्यावृत्तिका कारण त्यसबेला उनीहरू समाजमा अपहेलित थिए । २०६२/०६३ को जनआन्दोलनपछि बादी जातिले आफ्नो अधिकारका लागि सिंहदरबारको दक्षिण ढोकामा धर्नामा बसेर संघर्ष गरे ।
पन्ध्र वर्ष पहिले बादी जातिले गरेको त्यो संघर्षका कारण सरकारले उनीहरूका लागि ठाउँ ठाउँमा रहनसहनको उचित प्रबन्ध मिलायो । परिणामतः देहव्यापार छोडेर अहिले उनीहरू अन्य विविध पेशामा संलग्न छन् । शिक्षाप्रति उनीहरू लगनशील छन् । क्रमिक रूपमा रोजगारीमा पनि उनीहरू अगाडि बढ्दै छन् । देउडा गायनमा डिक्रादेवी बादी र किथ्या बादीलगायत कलाकारहरू वर्तमानमा अघि बढिरहेछन् । सल्यान, दाङ, कैलाली, बाँके र बझाङलगायत पहाडी र तराईका जिल्लाहरूमा बसोवास गर्ने उनीहरूको संख्या कम भएता पनि राजनीतिमा निर्णायक भूमिकामा रहेका छन् । राजनीतिप्रतिको उनीहरूको चासो बढ्दो छ । त्यसैले पनि भाद्र १ गते बादी जातिको मुक्तिपर्वको दिन पनि हो । वर्तमानमा उनीहरू क्रान्तिपछिको शान्तिमय वातावरणमा ससानो आफ्नो व्यापार, व्यवसाय चलाएर पनि बसेका छन् ।
विविध संस्कृतिको साझा फूलबारी सुदूरपश्चिममा सांस्कृतिक सम्पदाका धेरै ढोकाहरू खोल्ने भएकाले भाद्र संक्रान्तिलाई महत्वका साथ हेरिएको छ । उक्त दिनमा ठूलाबडालाई गाभा, दही र काँक्रो, दाडिम आदि जस्ता फलफूलहरू उपहार दिने चलन छ । ठूलाबडाले निरोगी बन्नू बाबु भनी आशीर्वाद दिने चलन छ । यसैगरी त्यसबेला दलित वर्गले आआफ्नो भाग्या ९मालिक० लाई गाभा अनिवार्य उपहार दिने प्रचलन अहिले पनि प्रेममय संस्कृतिका रूपमा यथावत छ । भारतको उत्तराञ्चलमा भाद्रमहिनाको १ गते अनिवार्य रूपमा घ्यू र घ्यूबाट निर्मित परिकार खाने प्रचलन छ ।
नेपाल चार जात, छत्तीस वर्णको फूलबारी हो भनी नेपाल राष्ट्रको एकीकरण गर्ने बडामहाराजधिराज पृथ्वीनारायण शाहले राज्य एकीकरणको अभियानमा दलितलाई पनि साथमा लिएका थिए । पछि उनका सन्तति रणबहादुर शाहले पनि टुँडिखेलमा सबै थरी जातजातिलाई सामूहिक भोजन पनि गराएका थिए ।
यसको खास कारण बर्खामासको जाडो र कामबाट थकित भएको शरीरलाई हृष्टपुष्ट पार्नु रहेछ । नेपालको हिमगिरी चुचुरोमा अवस्थित मालिकाको मेला लागे झैँ कुमाउ, बडवालमा पनि नवदुर्गाको विशेष पूजा गर्ने चलन छ । पूर्णागिरी यसको उदाहरण हो । हलियामुक्ति आन्दोलन, कमलरी मुक्ति आन्दोलन, जाति भेद आन्दोलन आदि जस्ता मानव(मानवबीचको सम्बन्धलाई तगारो हाली आधुनिक सभ्य समाज निर्माण गर्न व्यवधान खडा गर्ने प्रथाको अन्त्यका लागि बादीजातिको सामाजिक संघर्ष अर्थपूर्ण रहेको थियो । तीस र पैतिसको दशकमा । अहिले यी सबै विभेदको अन्त्य भएको छ ।
नेपाल चार जात, छत्तीस वर्णको फूलबारी हो भनि नेपाल राष्ट्रको एकीकरण गर्ने बडामहाराजधिराज पृथ्वीनारायण शाहले राज्य एकीकरणको अभियानमा दलितहरूलाई पनि साथमा लिएका थिए । पछि उनका सन्तति राजा रणबहादुर सिंहले पनि टुँडिखेलको दक्षिणमा पर्ने मन्दिरको निर्माण गरी सबै थरी जातजातिलाई सामूहिक भोजन पनि गराएका थिए । केही ब्राहृमणहरूले दलितहरूसँग बसेर भोजन नगर्ने भनी आनाकानी गरेको कुरा इतिहासका जानकार बताउँछन् ।
पञ्चायती राजा महेन्द्रका सबै कदमहरू राष्ट्रविरोधी मान्न सकिँदैन । उनले २०२० साल भाद्र १ गते देशमा नयाँ मुलुकी ऐन जारी गरे । यसमा छुवाछूतविरुद्धका कदम चालिएका छन् । विसं २०२७ सालमा हिरालाल विश्वकर्मालाई शिक्षा सहायकमन्त्री बनाएर राजनीतिमा दलितको पनि प्रतिनिधित्व गराउने पनि महेन्द्र राजा नै थिए । वास्तवमा छुवाछूतले समाजमा आपसी कलह निम्त्याउने हुँदा राजा महेन्द्रको मुलुकी ऐन कदममा टेकेर गणतान्त्रिक सरकारका पालामा पनि छुवाछूत गरिनु हुँदैन भनेर संविधानमा दफा, उपदफा निर्माण गरिए ।
तर, गाउँघरमा वर्तमान अवस्थामा पनि दलित वर्गलाई एउटै धाराको पानी पिउन र मन्दिरमा प्रवेश गराउन अझैं बर्जित गराएको पाइन्छ जुन कलंकको रूपमा लिनुपर्दछ । डोटीको ऐतिहासिक शैलेश्वरी मन्दिरमा केही वर्ष पहिले दलित जातिले प्रवेश गर्दा सोको विरोध उपल्ला अरू जातिले गरेका कारण दुई पक्षबीच विवाद परेको घटना ताजा नै छ । यहाँनेर एउटा कुरा दलित वर्गले पनि सम्झनु आवश्यक छ कि दमाई, कामी, सार्की, सुनार जातिका बीच भावनात्मक एकता हुन अति आवश्यक छ । अन्त्यमा विसु संक्रान्तिमा दही चामल, असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर र भाद्र संक्रान्तिमा दही र गाभाका परिकारले सुदूरपश्चिममा नेपाली खाद्य संस्कृतिलाई चिनाएको छ । यी मौलिक परिकारले मानिसलाई फुर्तिलो बनाउँछ, निरोगी बनाउँछ ।
प्रतिक्रिया