अत्तरिया खबरद्धारा स्व. पत्रकार जेपी जोशीको परिवारलाई आर्थीक सहयोग

  शुक्रबार ०१, भदौ २०८० १४:१९

अत्तरिया । कैलालीको अत्तरियाबाट प्रकाशित अत्तरिया खबर दैनिकले स्व. पत्रकार जेपी जोशीको परिवारलाई आर्थीक सहयोग गरेको छ । आफ्नो तेस्रो बार्षीकोत्सवको अवसरमा पत्रिकाले कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडाका जोशीको परिवालाई सहयोग गरेको हो । 

शुक्रबार अत्तरिया खबर दैनिकका संचालक बालकृष्ण ओझाले स्व. पत्रकार जेपी जोशीकी धर्मपत्नी बसन्ती जोशीलाई १० हजार नगद रकम हस्तान्तरण गरेका थिए । उनले बार्षीकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत स्व। पत्रकार जेपी जोशीको परिवारलाई सहयोग गरिएको बताए । 

१४ बर्ष अघि पत्रकार जेपी जोशीको चौकिडाँडा सामुदायिक वनमा शव फेला परेको थियो । उनको बेपत्ता भएको ६१ दिनपछि शव फेला परेको थियो । 
पत्रकार जेपी जोशीको मृत्युपछि हाल उनको परिवार आर्थिक संकट संग जुध्दै आएको छ । उनका २ छोरी हाल विभिन्न संघ सस्थाहरुको सहयोगमा अध्ययनरत रहेका छन । 

पत्रकार जेपी जोशीको हत्या गरिएको भन्दै परिवारले २ जना विरुद्ध किटानी जाहेरी दिएको भएपनि उनीहरुलाई प्रमाण नपुगेको भनेर छोडिएको थियो । पत्रकार जेपी जोशी मृत्यु प्रकरण अझै सम्म पनि रहस्यमय नै रहेको छ ।

clock शुक्रबार ०१, भदौ २०८० १४:१९

प्रतिक्रिया