कैलालीमा भरुवा बन्दुक र गोलीसहित एकजना पक्राउ

  आइतबार ०७, साउन २०८० १०:०१

धनगढी । भरुवा बन्दुक र गोलीसहित कैलालीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कैलारी गाउँपालिका-६ खरुवाखेरका ५२ वर्षीय नारायणप्रसाद चौधरीलाई शनिबार साँझ भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरीको घरमा भरुवा बन्दुक रहेको सूचना पाएपछि प्रहरी नायब निरीक्षक राजेन्द्रसिंह कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गर्दा भरुवा बन्दुक र गोली बरामद गरेको थियो ।

उनको घरबाट एक थान एक नाले अवैध भरुवा बन्दुक, बारुद ४ डिब्बा, तयारी गोली ३८ पिस सानो, २८ पिस ठूलो, सिसाको टुक्रा नौ पिस, एक पिस सिसाको टुक्रासमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

clock आइतबार ०७, साउन २०८० १०:०१

प्रतिक्रिया